अभिनेत्री बिद्या बालनको दाम्पत्य जीवन धरापमा ।

 [dropcap][/dropcap]र्चित बलिउड अभिनेत्री बिद्या बालन यतिबेला निकै तनावमा छिन । किनकी उनको वैवाहिक जीवन निकै खतरामा पर्दै गइरहेको बताइएको छ । समाचारअनुसार पति बलिउड फिल्मकर्मी सिद्धार्थ राय कपुर संग बिद्याको सम्बन्ध खराब हुदै गइरहेको छ । बिद्या पतिसंग नाराज छिन किनकी उनका पति सिद्धार्थ पछिल्ला दिनहरुमा एक नयां अभिनेत्रीसंग नजिकिएका छन ।bidyaजनाइएका अनुसार सिद्धार्थ एक नयां अभिनेत्रीलाई बलिउडमा लन्च गर्नको लागी निकै मिहेनत गरिरहेका छन । त्यसैले उनी बिद्यालाई समय दिइरहेका छैनन जसबाट बिद्या रुष्ट बनेकी छिन । बिद्या निकट स्रोतका अनुसार बिद्याले विभिन्न टुरहरु क्यान्सिल गरिसकेकी छिन । स्मरण गरांऊ की केहि समय पहिले सम्पन्न आइफ अवार्डमा समेत बिद्या गएकी थिइनन, उनी गर्भवती भएकोले कार्यक्रममा नआएको बताइएपनि कारण पतिसंगको असामञ्जस्यता रहेको बुझिएको छ ।
बिद्या र सिद्धार्थको जोडी बलिउडमा निकै चर्चित जोडीको रुपमा लिइन्छ । उनीहरु सन २०१२ मा विवाह बन्धनमा बाधिएका थिए । सिद्धार्थ त्यसअघि पनि दुई श्रीमति भित्रयाइसकेका ब्यक्ति हुन । तर उनको दाम्पत्य जीवन कसैसंग पनि दिर्घकालीन हुन सकिरहेको छैन । यता बिद्या पछिल्लो समय गर्भवती रहेको पनि चर्चा चलिरहेको छ ।

Namaste Filmy

Read Previous

विहे गर्दैछिन मोडल एवं नायिका अन्जु निरौला ।

Read Next

'टाइगर द रियल हिरो' ले तर्साउलान है ! भिडियो हेर्नुहोस त !