फ्राइडे रिलिज :बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘छ माया छपक्कै’

आज बाट देशका प्रमुख सिनेमा घर बाट बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’प्रदर्शनमा आएको छ। चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका रहेको छ ।

रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।

चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

Namaste Filmy

Read Previous

अर्जुन सापकोटाको पप भजन ‘भोले रक्षा गरन’ सार्वजनिक (भिडियो)

Read Next

‘छ माया छपक्कै’को बम्पर ओपनिङ,पहिलो दिन डेढ करोड माथिको व्यापार