‘छ माया छपक्कै’को बम्पर ओपनिङ,पहिलो दिन डेढ करोड माथिको व्यापार

आज बाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ले बम्पर ओपनिङ गरेको छ ।बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ पहिलो दिनमा नै देशभरिका अधिकांश हलमा हाउसफुलको ब्यापार गरेको छ ।

काठमाडौं र मोफसलका हलहरुमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ ।मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको छ ।काठमाडौंको मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा हाउसफुलको व्यापार भएको छ ।यता मोफसलमा चितवन,पोखरा ,हेटौडा,बुटवल,धरान लगायत चलचित्रले हाउसफुलको ब्यापार गरेको छ ।

चलचित्रले मोफसलको चितवनमा निकै आक्रामक ओपनिङ गरेको छ ।पहिलो दिनमा नै चितवनमा १५ लाख बढीको व्यापार गरेको छ ।चितवनको इन्द्रदेव सिनेमामा मात्रै चलचित्रले ७ लाख भन्दा बढीको व्यापार गरेको छ भने क्युएफएक्स जलमा पनि चलचित्रको ६ सो नै हाउसफुल भएको छ ।चलचित्रले शुक्रबार मात्रै एक करोड पचास लाख माथिको व्यापार गरेको अनुमान गरिएको छ।चलचित्रको दर्शक प्रतिक्रिया सकारात्मक भएकोले चलचित्रले भोलिको दिनमा आझै राम्रो व्यापार गर्ने देखिएको छ ।

चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका रहेको छ ।रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।

password

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा

Read Next

‘सरौतो’ को नायिका सुमी मोक्तानको जन्म दिन काठमाण्डौ बहिरा संघमा