‘सरौतो’ को नायिका सुमी मोक्तानको जन्म दिन काठमाण्डौ बहिरा संघमा

आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ को दुइ गीत र एक टिजर सार्वजनिक भइसकेको छ । पहिलो गीत ‘कुले दाइ’ ले चर्चा पाउदै गर्दा निर्माण पक्षले फिल्मको टिजरपछी दोस्रो गीत ‘केहि आधा’ सार्वजनिक गरेको थियो । अघिल्लो गीत कुले दाइमा पनि सुमी र सन्नी देखिएका थिए भने टिजरमा दर्शकले सुमी मोक्तानको एक्सनलाई देखाईएको थियो । रिभेन्ज स्टोरी भनिएको फिल्ममा सुमीको एक्सन अवतारले टिजरबाटै चर्चा पाएको थियो ।

यसैक्रममा सुमीले आफ्नो पछिल्लो जन्मोत्सव काठमाण्डौ बहिरा संघमा मनाएकी छिन् । गैरीधारामा रहेको संघमा पुगेर केक काट्दै उनले आफ्नो जन्मदिनको खुसियाली साटेकी हुन् । आफ्नो क्यारेक्टरको लागि उनले त्यहाँ केहि समय बिताएकी थिइन् , त्यसै क्रममा उनि नजिक भएकी हुन् । केक काट्दै उनले त्यहाँ उपस्थितसँग कुराकानी गर्नुका साथै फलफुल पनि बाडेकी थिइन् । असोज २३ मा उनले आफ्नो जन्मोत्सव मनाएकी हुन् । ’निकै खुसि लाग्यो उहाहरुसँग जन्दिन्को खुसि साट्न पाउँदा’ सुमी भन्छिन् ,’उनीहरुसँग कुरा गर्दा लाइफमा झनै प्रेरणा मिलेको छ ।’

म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसैफिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । सिनेम्याटोग्राफीमा स्थापित नाम हरीले फिल्मको कथावस्तुकै कारण आफु निर्देशनमा आएको बताउदै आएका छन् । फिल्ममा सुमी र सन्नी सिंह , लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

Namaste Filmy

Read Previous

‘छ माया छपक्कै’को बम्पर ओपनिङ,पहिलो दिन डेढ करोड माथिको व्यापार

Read Next

चलचित्र ‘छ माया छपक्कै’ले तोड्यो सबै रेकर्ड ,दुई दिनमा कमायो ३ करोड ४७ लाख