चलचित्र ‘छ माया छपक्कै’ले तोड्यो सबै रेकर्ड ,दुई दिनमा कमायो ३ करोड ४७ लाख

शुक्रबारबाट प्रदर्शनमा आएको यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ले शानदार कमाई गरिरहेको छ ।काठमाडौं र मोफसलका अधिकांश हलहरुमा शुक्रबार र शनिबार हाउसफुलको ब्यापार गरेको छ ।

शुक्रबार काठमाडौंमा मात्रै ८० लाखको हाराहारी चलचित्रले व्यापार गरेको छ ।त्यस्तै शुक्रबार नै मोफसलका हलहरुमा चलचित्र ‘छ माया छपक्कै’ले ७७ लाखको व्यापार गरेको छ ।पहिलो दिन  चलचित्रले १ करोड ५७ लाखको व्यापार गरेको छ ।यो नै अहिले सम्म नेपाली फिल्मले पहिलो दिन कलेक्सन गरेको सबै भन्दा ठुलो व्यापार हो ।

चलचित्र ‘छ माया छपक्कै’ले पहिलो दिन ऐतिहासिक कमाईको रेकर्ड राख्दै दीपक-दीपाहरुले बनाएको छक्का पन्जा ३ को रेकर्ड तोडेको हो ।छक्का पन्जा ३ ले पहिलो दिन १ करोड ५३ लाखको व्यापार गरेको थियो ।

त्यस्तै चलचित्र ‘छ माया छपक्कै’ दोस्रो दिन शनिबार १ करोड ९० लाखको कलेक्सन गरेको छ ।यो अहिले सम्म एक दिनमा नेपाली फिल्मले एक दिनमा गरेको सबै भन्दा ठुलो व्यापार हो ।यस अघि छक्का पन्जाले एक दिनमै १ करोड ६५ लाखको व्यापार गरेको थियो भने तो रेकर्ड पनि ‘छ माया छपक्कै’ले तोडेको छ ।शनिबार काठमाडौंमा मात्रै १ करोडको व्यापार गरेको छ भने मोफसलका हलहरुमा ९० लाखको व्यापार गरेको छ ।

शुक्रबार र शनिबार चलचित्र हेर्नका लागि हलमा दर्शकको भिड थेगी नसक्नु भएको छ ।काठमाडौं र मोफसलका मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।काठमाडौंको मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा हाउसफुलको व्यापार भएको छ ।यता मोफसलमा चितवन,पोखरा ,हेटौडा,बुटवल,धरान लगायत चलचित्रले हाउसफुलको ब्यापार गरेको छ ।चलचित्रले चितवनमा मात्रै २ दिनमा ३३ लाखको व्यापार गरेको छ ।यो अहिले सम्मै चितवनमा नेपाली र हिन्दि फिल्ममा २ दिनको सबै भन्दा ठुलो कलेक्सन हो ।पहिलो दिन १५ लाख कलेक्सन गरेको चलचित्रले शनिबार १८ लाखको व्यापार गरेको छ ।

ब्यापार सँगै चलचित्रले वर्ड अफ माउथ पनि राम्रो पाएको छ । यसले चलचित्रलाई आगामी दिनको लागि ठुलो फाईदा पुग्ने पक्का रहेको छ । चलचित्रको दर्शक प्रतिक्रिया सकारात्मक भएकोले भोलिको ब्यापार आझै बढ्ने पक्का पक्की रहेको छ । चलचित्र हेरिसकेपछी सामाजिक सन्जालमा सबैले यसको खुलेर तारिफ गरेका छन् ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।

Namaste Filmy

Read Previous

‘सरौतो’ को नायिका सुमी मोक्तानको जन्म दिन काठमाण्डौ बहिरा संघमा

Read Next

निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’ ट्रेलर सार्वजनिक (भिडियो)