पूजा शर्मा र आकाश श्रेष्ठ बिच घनिष्ठ सम्बन्ध

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले ‘रामकहानी’, ‘पोइ पर्यो काले’ र ‘सम्हालिन्छ कहिले मन’ गरेरे तिन चलचित्र एक साथ अभिनय गरि सकेका छन् । ‘रामकहानी’ गतवर्ष प्रदर्शनमा आएको थियो भने ‘पोइ पर्यो काले’ आउँदो कात्तिक ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिएसंगै प्रचारप्रसारमा यी दुईको दौडधुप शुरु भएको छ।

कलाकार भएपछि लगातार चलचित्रमा काम गर्नु नौलो कुरा होइन्। तर, पूजा र आकाश प्रेममा रहेको चर्चा बजारमा चल्दै आएको छ।
उनीहरु भने यो कुरामा सत्यता नभएको बताउँछन्। आफूहरुको जोडीलाई दर्शकले माया गरेको हुनाले पनि निर्माता/निर्देशकले अफर गर्ने र दर्शकहरुमा पनि त्यो सोँच हुनसक्ने उनीहरु बताउँछन्।

‘हामीहरुले लगातार चलचित्र गरिरहेका छौं। त्यसैले दर्शकहरुलाई पनि त्यस्तो लागेको हुनसक्छ। हामीहरु घनिष्ट छौं तर प्रेममा भने छैनौं’–पूजा भन्छिन्।आकाश सरल स्वभावको भएका कारण नै आफूहरुको सम्बन्ध लामो समय टिकेको पूजा बताउँछिन्।

‘रामकहानीको सुटिङको शुरुवाती दिनमा त आकाशको कुरा काटेकी थिइन् रे पूजाले। ‘सुटिङको क्रममा २/३ दिन हामी खासै बोलेनौं। यथार्थ भन्दा शुरुमा आकाश मलाई मन परेको थिएन्। टिमका कुरा काटेकी थिए। तर, बोल्दै जाँदा उसको बानी ब्यवहार राम्रो लाग्यो। एकअर्कामा कन्फटेवल तरिकाले बोल्न थाल्यौं’– पूजा भन्छिन्।आकाश पनि पूजाको संगतले आफ्नो कम बोल्ने बानीमा सुधार आएको बताउँछन्।

Namaste Filmy

Read Previous

‘सरौतो’ को ट्रेलरमा सुमी मोक्तानको एक्सन (भिडियो)

Read Next

बलिउडका कलाकारहरुको भिडियो सन्देश पछि मुस्कानलाई भेट्न पुगे राजेश हमाल