'टाइगर द रियल हिरो' ले तर्साउलान है ! भिडियो हेर्नुहोस त !

[dropcap][/dropcap]गामी साउन २३ गते रिलिजको तयारीमा रहेको फिल्म टाइगर द रियल हिरोको एक्सन प्रोमो सार्वजनिक गरिएको छ । डरलाग्दो हरर शैलीको दृश्यहरु समावेश गरिएको ४९ सेकेन्डको प्रोमोमा फिल्मका मुख्य पात्रहरु फिचरिङ छन ।
tiger the real heroहाल पोष्ट प्रोडक्सनको क्रममा रहेको फिल्मलाई पछिल्लो समयका ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । शुभेच्छा इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको फिल्मलाई शंकर गिरी र काजोल गिरी ले निर्माण गरेका हुन । फिल्ममा शुभेच्छा थापा, अशोक फुयांल, समिक्षा रानाभाट, सुरज रानाभाट, उत्तम केसी लगायतको अभिनय रहेको छ । फिल्मलाई मुकेश हुमागाईले खिचेका हुन भने फिल्ममा रोशन श्रेष्ठको द्धन्द, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य तथा क्रान्ती के सीको सम्पादन रहेको छ ।
यसअघि फिल्मको फस्टलुक तथा अडियो गीतहरु सार्वजनिक भइसकेका छन । फिल्मको एक गीत होला र मिलन हाल सी आर बी टीमा पनि निकै अब्बल साबित भइरहेका छन ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

अभिनेत्री बिद्या बालनको दाम्पत्य जीवन धरापमा ।

Read Next

जर्मनीमा चलचित्र "बितेका पल" प्रदर्शन हुदै