अस्मिन घिमिरेको गीत ‘नेपाल बन्द होइन, नेपाल बन्दै छ’ को भिडियो सार्वजनिक

चितवनका युवा तथा गायक अस्मिन घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ । आज (बुधबार) हाइलाइट्स नेपालको युट्युब च्यालनल मार्फत घिमिरेको ‘नेपाल बन्द होइन, नेपाल बन्दै छ’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक लोकलयको उक्त गीतले राष्ट्रभाव बोकेको छ । गीतमा राष्ट्रियता झल्किएको छ । गीतले बन्द हड्ताल गर्नुको सट्टा राष्ट्र बिकासमा लाग्न युवाहरुलाई सन्देश दिन खोजेको छ ।यस्तै देशले बिस्तारै बिकासको फड्को मारिरहेको बिषय पनि गीतमा उल्लेख गरिएको छ ।

गीतको भिडियोमा चितवनसँगै देशभर भईरहेको बिकास निर्माणको कार्यलाई देखाईएको छ । चितवनमा निर्माणाधिन देशकै पहिलो अन्तर्राष्ट्रियमा क्रिकेट रगंशाला, नारायणी नदी किनारमा निर्माण भईरहेको क्रुज, काठमाडौं निजगढ फास्टट्राक, भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थल लगायतका बिकास निर्माणका कार्यहरुलाई भिडियोमा देखाईएको छ ।

घिमिरेकै शब्द संगीत रहेको गीतमा किशोर तिवारीको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन् । रमेश बस्नेतको छाँयाकन तथा सम्पादन रहेको भिडियोमा अर्जुन चापागाईले ड्रोन चलाएका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘प्रेम संसार’ को ‘सुन सुन चम्पा’ गीत सार्वजनिक(भिडियो)

Read Next

‘पोई पर्‍यो काले’ मा कमेडीसँगै सामाजिक कथा