जर्मनीमा चलचित्र "बितेका पल" प्रदर्शन हुदै

जर्मनीको फ्रान्कफोर्टमा आगामी १०मे २०१४ का शनिवारको दिन बेलुका ७ बजे KAISER STRASSE 39 COCOS RESTAURANT मा नेपाली चलचित्र ” बितेका पल” को प्रदर्शन गरिदैछ। जर्मनीको फ्रान्कफोर्ट र यसको नजिकको सहरमा रहने नेपाली दाजु भाई र दिदीबहिनीहरुलाई यसै समाचार द्वारा चलचित्र हेर्नको लागि यो चलचित्रका निर्माता राजेश घतानीले हार्दिक अनुरोध गरेकाछन।
10318848_462128413919827_125083916_n
जर्मनीको अरु विभिन्न ठाउहरुमा पनि यो चलचित्र प्रदर्शन गरिने भएको चलचित्रका निर्माता घतानी सबैलाई जानकारी गराईरहेकाछन। हाम्बर्गमा एक पटक प्रदर्शन भई सकेको थियो। तर यहाको नेपाली समुदायहरुले चलचित्र राम्रो र बिषय बस्तु राम्रो भएकोले फेरी दोह्राएर हेर्ने माग गरिरहेको ले १७ मे २०१४ का दिन हाम्बर्गको मुट थेटरमा ( MUT THEATER AMANDA SHRASSE 58 )राती १२ बजेको शो भव्यताका साथ प्रदर्शन हुदैछ। तेस्तै गरी म्युनिष्टर सहरमा पनि १२ मे २०१४ का दिनको ३ बजे देखि BENNOHAUS 1 ERHRUNGS BERICHT प्रदर्शन गरिनेछ। सबै ठाउमा दर्शकहरु सितै बसेर बितेका पल नेपाली चलचित्रका निर्माता घतानिले चलचित्र हेर्नेछन। दर्शकहरुले दिएको सुझाब सल्लाहले उनलाई आफ्नो अर्को नेपाली चलचित्र निर्माण गर्न ठुलो मद्दत हुने चलचित्र निर्माता घतानीले बताउदै आएकाछन। बाटा मुनिको फुल र बितेका पल जस्ता राम्रो चलचित्र निर्माता गरेका घतानिले संसारमा फैलिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई र दिदीबैहिनिहरुलई आफ्ना चलचित्र देखाएर मनोरंजन गराउनुको साथमा विदेशी भुमिमा नेपाली सास्कृतिको पनि प्रबर्धन गर्ने बताउछन।
10169243_462110677254934_8403153893971380141_n
बितेका पल एउटा सत्य प्रेम कथामा आधारित चलचित्र,पूर्णरूपमा प्रेममा केन्दि्रत छ। यो चलचित्रमा प्रेम, विश्वासघात एवं विछोडजस्ता अनुभवलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ। सुरज सुब्बा नाल्बो कथाकार तथा निर्देशन रहेको बितेका पललाई राजेश घतानीले निर्माण गरेका हुन्। युवापुस्तालाई लक्षित गरिएको यस चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, आकाश खवास तथा अभिनाश गुरुङको मूख्य भूमिका छ। चलचित्र बितेका पलमा प्रेमका विविध पक्षलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। निर्देशक सुरज सुब्बा नाल्बोले आफ्नो निर्देशन रहेको छैटौं फिल्म बितेका पल दर्शकहरुको माझमा ल्याएकाछन्। आज सम्म धेरै नेपाली चलचित्रका पटकथा लेखेका र ६ वटा फिल्महरु निर्देशन गरिसकेका सुरजले अब्बल नम्बरका हिट चलचित्रहरु साहेद,बाटामुनिको फुल, बितेका पल उनका सुपर चलचित्रहुन।
hot 2nd Nepali movie BITEKA PAL the Official release trailer
भारतको दार्जिलिङ्ग र नेपालको विभिन्न ठाउहरुमा छायान्कन गरिएको सत्य कथामा आधारित बितेका पल धेरै रोमंचिक नेपाली चलचित्र भएकोले दर्शकहरुले खोजे, खोजे र शोचेको जस्तै मनोरंजन ‘बितेका पल’मा पक्कै पाउन सकिन्छ। निर्देशकको सामर्थ्य उसले परिकल्पना गरेको बिषय बस्तु भएको र सत्य कथामा आधारित रोमंचिक फिल्मसँग सम्बन्धित यान्त्रिक ज्ञानमात्र होइन समाज, भूगोल, राजनीति, इतिहास र मनोविज्ञान जस्ता जीवनसँग सम्बन्धित पक्षहरुको साथमा सुरिला हृदयलाई छुने शुमधुर मार्मिक संगीतले भरिएको बितेका पलले नेपाली दर्शकको मनलाई जितेकोछ। त्येसैले यो चलचित्र हेरे पनि नेपाली दर्शक रमाउने गर्दछन।युरोपको विभिन्न ठाउँहरुमा,अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया र अरबको बिभिन देश हरुमा प्रदर्शन गरिएकोछ।

Namaste Filmy

Read Previous

'टाइगर द रियल हिरो' ले तर्साउलान है ! भिडियो हेर्नुहोस त !

Read Next

नेपालमा सुटिङ सकाएर अक्षयकुमार टर्की पुगे । पैसा नतिरेपछि क्यामेरा तथा प्राविधिकहरु नेपालमै ।