चलचित्र ‘छ माया छपक्कै’को कलेक्सन १० करोड नजिक,दश दिनमा चलचित्रले यति कमायो

असोज २४ गतेबाट प्रदर्शनमा आएको यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ले यति बेला शानदार कमाई गरिरहेको छ ।काठमाडौं र मोफसलका अधिकांश हलहरुमा चलचित्रले राम्रो व्यापार गरि रहेको छ ।

चलचित्रले पहिलो दिनको सबै भन्दा बढी कलेक्सनको रेकर्ड तथेक दिनमा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड समेत तोडेको छ ।पहिलो दिन चलचित्रले १ करोड ५७ लाखको व्यापार गरेको छ ।यो नै अहिले सम्म नेपाली फिल्मले पहिलो दिन कलेक्सन गरेको सबै भन्दा ठुलो व्यापार हो ।त्यस्तै चलचित्र ‘छ माया छपक्कै’ दोस्रो दिन शनिबार १ करोड ९० लाखको कलेक्सन गरेको छ ।यो अहिले सम्म एक दिनमा नेपाली फिल्मले एक दिनमा गरेको सबै भन्दा ठुलो व्यापार हो ।

चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन भैरहदा हामीले यस चलचित्रले अहिले सम्म कति कमाउन सफल भयो त्यसको हिसाब निकाल्न खोजेका छौ ।हामीले पाएको गोप्य जानकारी अनुसार  आज सोमबार सम्म चलचित्रको कलेक्सन १० करोड पुग्ने  छ ।

चलचित्र ‘छ माया छपक्कै’ ले पहिलो हप्ता मोफसलबाट ४ करोड १९ लाखको व्यापार गरेको छ ।चलचित्रले मोफसलमा पहिलो दिन ७७ लाख माथिको व्यापार गरेको थियो भने दोस्रो दिन करिब ९६ लाखको व्यापार गरेको थियो ।त्यस्तै तेस्रो दिन ७४ लाख ,चौथो दिन ५७ लाख ,पाचौ दिन ४४ लाख ,छैटौ दिन ४० लाख र सातौ दिन ३१ लाख माथिको कलेक्सन गरेको थियो ।

यता काठमाडौं चलचित्रले पहिलो हप्ता ३ करोड १९ लाखको हाराहारी व्यापार गरेको छ ।पहिलो हप्ता चलचित्रले काठमाडौं भन्दा मोफसलमा १ करोड बढीको व्यापार गरेको छ।यसरी चलचित्र ‘छ माया छपक्कै’ ले पहिलो हप्ता काठमाडौं र मोफसल ७ करोड ३८ लाखको व्यापार गरेको छ ।

चलचित्र ‘छ माया छपक्कै’ ले दोस्रो हप्तामा पनि उत्कृस्ट कमाई गरि रहेको छ ।दोस्रो हप्ताको शुक्रबार काठमाडौंमा ३५ लाख र राजधानी बाहिर मोफसल ३० लाख गरेर ६५ लाखको व्यापार गरेको छ । दोस्रो हप्ताको शनिबार फेरी चलचित्र हेर्न दर्शकको ओहिरो लागेको छ ।शनिबार मोफसलमा ५७ लाखको व्यापार गरेको छ भने काठमाडौंमा ६२ लाखको हाराहारी व्यापार गरेको छ।चलचित्र प्रदर्शनमा आएको दोस्रो सनिबार पनि १ करोड १९ लाखको व्यापार गरेको छ । यता आइतबार चलचित्रले देश भरि बाट ४८ लाखको हाराहारी व्यापार गरेको छ ।चलचित्र प्रदर्शनको १० दिन सम्म आइपुग्दा ९ करोड ७० लाखको व्यापार गरेको छ भने आज सोमबार ३० लाखको हाराहारी व्यापार गरे मात्रै चलचित्रले ११ दिनमा नै १० करोडको व्यापार गर्ने छ ।आज पनि चलचित्रले ४० लाखको व्यापार गर्ने देखिएको छ।

चलचित्रको कमाईले आगामी दिनको लागि ठुलो फाईदा पुग्ने पक्का रहेको छ । चलचित्रको दर्शक प्रतिक्रिया सकारात्मक भएकोले भोलिको ब्यापार अझै बढ्ने पक्का पक्की रहेको छ । चलचित्र हेरिसकेपछी सामाजिक सन्जालमा सबैले यसको खुलेर तारिफ गरेका छन् ।चलचित्रले तिहारको बिदामा दर्शकको अझै साथ पाउने देखिएको छ भने चलचित्र तिहार सम्म प्रदर्शनमा आएमा सजिलै १५ करोड व्यापार गर्ने अनुमान लगाउन सकिन्छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

संजय दत्तको चर्चित चलचित्र मुन्नाभाइको तेस्रो सिक्वेल निर्माण नहुने !

Read Next

‘बिच्च बिच्चमा’का गायक दुर्गेश थापालाई तिहार गीतको विवादमा प्रहरीले बोलायो