नेपालमा सुटिङ सकाएर अक्षयकुमार टर्की पुगे । पैसा नतिरेपछि क्यामेरा तथा प्राविधिकहरु नेपालमै ।

[dropcap][/dropcap]रिब एक सातासम्मको नेपाल छयांकन पछि भारतीय फिल्म बेबी टोली बिहिबार टर्की प्रस्थान गर्ने तयारीमा छ । बलिउडमा एक्सन किङको छवि बनाएका अभिनेता अक्षयकुमारसहित नेपाल आएका फिल्म टोलीले नेपालका सम्पुर्ण दृश्यहरु सकाएर फर्किन लागेको हो । अक्षयकुमार भने बुधबार सांझ नै टर्किका लागी प्रस्थान गरेका छन ।AKSHY-KUMAR-IN-THAMELउक्त फिल्म टोलीले काठमण्डौको होटल हायात रेजन्सी, ठमेल, भक्तपुर तथा त्रिभुवन बिमानस्थल लगायतको स्थाहरुमा फिल्म खिचेका थिए । यसअघि विमानस्थल प्रशासनले विमानस्थलमा सुटिङ गर्न रोक लगाइए पनि पछि पुन अनुमति दिएको थियो । फिल्मको स्कृप्ट नै आपत्तिजनक रहेको हल्ला चलेपछि प्रशासनले केहि शर्त पुरा नगरी सुटिङ गर्न नदिने बताएका थिए । तर फिल्म युनिटले स्कृप्ट सच्च्याएर ल्याएपछि फिल्म सुटिङको लागी अनुमति दिइएको हो । विमानस्थलको दृश्य बुधबार नै खिचिएको थियो । करिब साता दिन नेपाल छयांकनमा रहदां हिन्दी फिल्मको जम्बो टोली राजधानीको फाइभ स्टार होटल हायातमा बसेका थिए ।

यसैबीच नेपाल छाडने क्रममा भारतीय फिल्म टोली र नेपाल छयांकनमा ब्यवस्थापनको जिम्मा लिएको आइसफल बीच असमझदारी देखिएको छ । नेपाल को तर्फबाट ब्यवस्थापन गरिदिने रामकृष्ण पोखरेलको आइसफलले हिन्दी फिल्म युनिट आफुहरुलाई पैसा नतिरी फर्किन लागेको भन्दै विभिन्न बहुमुल्य समानहरु नियन्त्रणमा लिएपछि तनाव सिर्जना भएको थियो । आइसफललाई भारतीय फिल्म टोलीले २५ लाख भारु नतिरी फर्किन खोजेको भन्दै करिब ५ करोड बराबरको क्यामेरा सहितको गाडी नै नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको समान फिर्ता गर्न आग्रह गर्दा नमानेपछि भारतीय टोलीले प्रहरी गुहारेका थिए । बिहिबार गौशला प्रहरी प्रभागले नेपाली टोली र भारतीय टोली बिच समझदारी गर्ने प्रयास गरेको छ । भारतीय टोलीले आफुहरु बिहिबार नै फर्कने र टोलीको दुई सदस्य नेपालमै बसेर पैसा चुक्त गर्ने बताए पनि नेपाली टोलीले नमानेको गुनासो गरे । आफुहरु छयांकनको लागी टर्की जानुपर्ने तर आइसफलको लफडाको कारण ढिलाई भएको उनीहरुको भनाई छ । जसबाट आफुहरुलाई ५० लाख बराबरको क्षति भएको पनि भारतीय टोलीको दाबी छ । भारतीय टोलीले आइसफलको २५ लाख दिन तयार रहेको र आफुहरुको क्षतिपुर्ति पनि आइसफलले दिनुपर्ने भनाई अघि सारेको छ ।
दर्जनौ नेपाली कलाकार तथा प्रविधिक समेत आवद्ध रहेको फिल्मको नाम भने अझै निश्चित हुन सकेको छैन । बसन्ती र बेबी दुई नाम बीच अझैपनि द्धविधा रहेको छ । नेपाल लगायत अन्य विभिन्न देशमा पनि छयांकन हुने फिल्म अगामी बर्ष २०१५ मा रिलिज हुने छ ।

Namaste Filmy

Read Previous

जर्मनीमा चलचित्र "बितेका पल" प्रदर्शन हुदै

Read Next

अब सुरेश र मेलिनाले फिल्म जांच्ने ।