अब सुरेश र मेलिनाले फिल्म जांच्ने ।

[dropcap][/dropcap]लचित्र जांचपास समिति सेन्सर बोर्डमा फिल्म सम्बद्ध ब्यक्तिहरु नियुक्त भएका छन । फिल्मकर्मीहरु नै सेन्सरबोर्डमा हुनुपर्ने चौतर्फि माग उठिरहेका बेला चलचित्र वितरण कम्पनी दर्शना आर्टसका सि इ ओ तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेल र नायिका मेलिना मानन्धर सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका हुन ।suresh melinaत्यस्तै कांग्रेस निकट बिमल संग्रौला पनि सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन । बिहिबार मन्त्रीस्तरीय निर्णयबाट सुरेश, मेलिना र बिमललाई बोर्डमा ल्याइएको हो । सञ्चारमन्त्री मिनेन्द्र रिजालले बिहिबार नै नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यभार सुम्पेको छ ।

bikash bord

यसैबीच चलचित्र बिकास बोर्डको रिक्त रहेको तीन सदस्य पदहरुमध्ये दुई मा अभिनेत्री रुपा राना र निर्माता राजेन्द्र के सी नियुक्त भएका छन । बोर्डका लागी अझै एक सदस्यको पद भने खाली नै रहेको छ । यी नवनियुक्त पदाधिकारीहरु कांग्रेस निकट रहेको बताइन्छ । स्रोतका अनुसार बिकास बोर्डमा पनि हालको अध्यक्षल धर्मेन्द्र मरवैतालाई हटाएर निर्माता संघको बर्तमान अध्यक्ष राजकुमार राईलाई ल्याउनको लागी लबिङ भइरहेको बुझिएको छ ।

Namaste Filmy

Read Previous

नेपालमा सुटिङ सकाएर अक्षयकुमार टर्की पुगे । पैसा नतिरेपछि क्यामेरा तथा प्राविधिकहरु नेपालमै ।

Read Next

'आशिकी २' गायक बलात्कारको आरोपमा पक्राउ ।