'आशिकी २' गायक बलात्कारको आरोपमा पक्राउ ।

[dropcap][/dropcap]तबर्षको चर्चित फिल्म आशिकी २ को सुपरहिट गीत सुन राहा हे ना तु गाएर लाखौ दर्शकस्रोताको मनमा राज गर्ने गायक अंकित तिवारी एक घृणित केसमा पक्राऊ परेका छन । उनी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी खोरमा पुगेका हुन । उनलाई १२ मे सम्म प्रहरी हिरासतमा राखिनेछ ।ankitसमाचारअनुसार अंकितसंगै उनका दाई अंकुर तिवारीलाई पनि प्रहरीले पक्राऊ गरेका छन । अंकुरले पिडित युवतीलाई विभिन्न किसिमको धम्की दिएको बताइन्छ ।
उक्त युवती गायक अंकित तिवारीको गर्लफ्रेन्ड भएको बताइन्छ । अंकितले शारिरीक सम्बन्धको लागी बाध्य पारेर पटकपटक आफुमाथी यौन शोषण गरेको आरोप उक्त युवतीले आरोप लगाएकी छिन । पहिले विवाह गर्ने आश्वाशन दिएपछि पछि युज मात्र गरीरहेको युवतीले बताइन । समाचारअनुसार युवती हाल गर्भवती रहेको बताइन्छ । यसअघि अंकित र उक्त युवती धेरै पटक विभिन्न सार्वजनिक कार्यक्रमहरुमा देखिएको थियो । यी दुवै लामो समयदेखि रिलेसनमा रहेको बताइएको छ ।
अंकित फिल्म आशिकी २ को संगीतकारसमेत हुन । उनले गतबर्षकै सार्वधिक लोकप्रिय गायकको रुपमा चिनिएका थिए ।

Namaste Filmy

Read Previous

अब सुरेश र मेलिनाले फिल्म जांच्ने ।

Read Next

निर्देशक समाजको सल्लाहकार बाट निस्कासित नरेश पौड्याल र केपी पाठकले सामुहिक अपील ।नया पुस्ताका निर्देशकले नया निर्देशक समाज खोल्ने तयारी