रविना टण्डनले अजय देवगनको मायामा आत्महत्या सम्मको कोशिश

कुनै समयकी सबैभन्दा हट हिरोइनको छवि बनाएकी रविना टण्डनले २६ अक्टोबरमा आफ्नो जन्म दिन मनाइन्। ९० को दशकमा रविनाले आफ्नो अभियन र रुपले सबैलाई मुग्ध बनाएकी थिइन्। तर अजय देवगनप्रति उनको बढ्दो प्रेमले उनलाई झण्डै आत्महत्या गर्न बाध्य बनाएको थियो।

आज हामी यी नै रविनाका विषयमा केही रमाइला कुराको जानकारी दिन गइरहेका छौं।बलिउडकी मस्त–मस्त गर्ल रविनाको जन्म २६ अक्टोबर १९७४ मा भएको हो।रविनाको नाम उनका बुवा रवि र आमा वीनाको नाम मिलाएर राखिएको हो। जसको निकनेम मुनमुन हो, जुन नाम उनका मामा म्याकमोहनले राखेका हुन्।

रविनाले मुम्बईको जुहूस्थित जमनाबाई पब्लिक स्कुलका अध्ययन गरेकी हुन्। त्यसपछि उनले मिठिबाई कलेजबाट ग्रेजुएशन गरिन् र त्यसपछि उनी फिल्ममा काम गर्न थालिन्। तर काम र अध्ययन सँगै हुन नसकेपछि उनले सेकेण्ड इयरको पढाइ छोडेकी थिइन्।

रविनाले आफ्नो करियरको पहिलो फिल्म १९९१ मा सलमान खानसँग फिल्म ‘पत्थर के फूल’ हो। तर उनको यो पहिलो फिल्म फ्लप भएको थियो।रविनाले दिलवाले, मोहरा, पत्थर के फूल, सत्ता, लाडला, जिद्दी, अन्दान आपना आपना, खिलाडीयों का खिलाडी, परदेसी बाबू जस्ता कयौं सफल फिल्ममा काम गरिन्। रविनालाई अभियनका लागि नेशनल अवार्डसमेत दिइएको छ।

एक समय यस्तो पनि थियो, जब अजय देवगन र रविनाको अफेयरको समाचारले पत्रिकाको पाना भरिएका हुन्थे। यो कुरा त्यो बेलाको हो जतिबेला अजयले रविनासँग फिल्म दिलवालेमा काम गरे।

रविना अजयसँगको प्रेममा पागल जस्तै बनेकी थिइन्। त्यो बेला अजय करिश्मासँग फिल्म ‘जिगर’ को शुटिङमा थिए, करिश्मा र अजयबीच अफेयरको चर्चा चल्न थाल्यो, तब रविना डिप्रेशनको शिकार भएकी थिइन्। र, उनले आत्महत्या गर्ने कोशिश समेत गरेकी थिइन्।रविनाले आत्महत्या गर्न गरेको कोशिशलाई अजयले चर्चा पाउनका लागि गरिएको वहाना भएको बताए।

Namaste Filmy

Read Previous

चलचित्र ‘सरौतो’को ‘रिङ्ग टिङ्ग टिङ्ग’गीत सार्वजनिक (भिडियो)

Read Next

कात्तिकको तेश्रो सातामा ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने