चलचित्र ‘पोई पर्यो काले’लाई दर्शकको साथ

अभिनेत्री पूजा शर्मा भाइटीकाको दिन गोपिकृष्ण हल पुगेकी छिन्। दिपावलीको अवसर पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’को प्रतिक्रिया लिन पूजा हल पुगेकी थिइन्।

दिउँसो हल पुग्दा पूजा दर्शकबाट घेरिइन्। हलमा उनीसंग सेल्फी खिच्नेको भीड बाक्लो देखिन्थ्यो। चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ। मंगलबार पनि भाइटीका लगाएका दर्शकहरुले चलचित्र हेरेर मनोरञ्जन लिए। अभिनेत्री पूजाले दर्शकको राम्रो साथ पाएको भन्दै खुशी व्यक्त गरिन्।

चलचित्रले भाइटीकाको दिन दिउँसो २ बजेको शो धेरै हलमा सुःखद ब्यापार गरेको निर्माता किरण नेपालीले बताए। मल्टीप्लेक्स र सिंगल दुबै हलमा चलचित्रले दर्शकको साथ पाईरहेको र हेर्ने जति दर्शकले यसलाई राम्रो प्रतिक्रिया दिएको निर्देशक शिशिर राणाले बताए।

भाइटीकामा मोफसलमा पनि चलचित्रको ब्यापार राम्रो छ। यता टीकाको दिन चितवनको ईन्द्रदेव हल पुगेका अभिनेता आकाश श्रेष्ठलाई पनि दर्शले घेरेर सेल्फी खिचेका थिए।

चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोँच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ। मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक राणाकै कथा रहेको छ। चलचित्रमा पूजा र आकाशका अलावासौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ।

Namaste Filmy

Read Previous

कात्तिकको तेश्रो सातामा ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने

Read Next

अक्षय कुमारको ‘हाउसफुल ४’ ले ५ दिनमा १०९ करोड कमायो