अक्षय कुमारको ‘हाउसफुल ४’ ले ५ दिनमा १०९ करोड कमायो

अक्षय कुमार स्टारर ‘हाउसफुल ४’ ले ५ दिनमा सय करोड भारूको आँकडा पार गरेको छ। रिलिजको पहिलो दिन १८.५० करोड भारूको कमाएको थियो।

सिनेमाले दोश्रो दिन १८ करोड, तेश्रो दिन १४.२५ करोड र चौथो दिन ३४.२५ करोड भारू कमाइ गरेको सिनेममाले पाँचौ दिन मंगलबार २४ करोडको कमाइ गर्दै सय करोड भारूको आँकडा पार गरेको हो।

सिनेमाले पाँच दिनकोअवधिमा कुल १०९ करोड भारू कमाइ गरेको छ। सिनेमा २५ अक्टोबरमा रिलिज भएको थियो। सिनेमामा अक्षयका साथै कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देवलको प्रमुख भूमिका रहेको छ।

चलचित्रले १ सय करोडको व्यापार पार गर्दै गर्दा अक्षयले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्ना दर्शकलाई धन्यबाद भन्दै धेरै मायाको अगाडि घृणा कमोजर बन्ने बताएका छन् । उनले भनेका छन्–‘मायाको अगाडि घृणाको केही चल्दैन भन्ने प्रमाण दिनुभएकोमा हाम्रो सम्पूर्ण दर्शकलाई धेरै धेरै धन्यवाद ।’

Namaste Filmy

Read Previous

चलचित्र ‘पोई पर्यो काले’लाई दर्शकको साथ

Read Next

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १२ देशका फिल्म प्रदर्शन गरिने