फ्राइडे रिलिज :चलचित्र ‘बादशाह जुट’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘बादशाह जुट’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘बादशाह जुट’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘बादशाह जुट ‘

आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘बादशाह जुट’ प्रदर्शनमा आएको छ।चलचित्र ‘पासवर्ड’लाई जोनी सिंह रानाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतम ,रोबिन तामाङ, रोशी खड्का, कमलमणी नेपाल आदिको मुख्य अभिनय रहेको छ । ‘काफल पाक्यो’ बोलको गीतमा ठुम्का लगाएकी अभिनेत्री प्रियंका कार्कीको भने चलचित्रमा बिशेष भूमिका मात्र रहेको छ ।

अभिषेक शशि कुमार लेखेको सिनेमामा कृष्ण भारद्वाज/कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको छायाँकन, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।

Namaste Filmy

Read Previous

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १२ देशका फिल्म प्रदर्शन गरिने

Read Next

चलचित्र ‘मिस्टर नेपाली’ नेपाल अघि अमेरिकामा प्रिमियर गर्ने