निर्देशक समाजको सल्लाहकार बाट निस्कासित नरेश पौड्याल र केपी पाठकले सामुहिक अपील ।नया पुस्ताका निर्देशकले नया निर्देशक समाज खोल्ने तयारी

1962655_275462935941783_970572177_nकेहि दिन अघि चलचित्र निर्देशक समाजको सल्लाहकार पदबाट निस्कासित भएका निर्देशकद्धय नरेश पौड्याल र केपी पाठकले आज सामुहिक अपील भन्दै जतिसक्दो चाडो विशेष साधारणसभा डाक्न अपिल गरेका छन् ।यस अघि पाच जना सल्लाहकार रहेको निर्देशक समाजमा नरेश पौड्याल र केपी पाठकलाई हटाएर बिकाश आचार्य ,नारायण पुरी र दयाराम दाहाललाई थपेर पाच सदस्य ठाउमा छ सदस्य बनाएको थियो ।लक्ष्मी नाथ शर्मा र, रमेश बुदथोकी र उज्जल घिमिरे भने यथाबत चलचित्र निर्देशक समाजको सल्लाहकार रहनु भएको छ ।
72892_764490853579633_819128691_n
केहि समय अघि निर्देशक समाजका अध्यक्ष दिनेश डि.सी.मनपरी काम गरेको भन्दै निर्देशक समाजका सात निर्देशकहरुले राजिनामा दिएपछि निर्देशक समाज फुटको अबस्थामा पुगेको हो ।निर्देशकद्धय नरेश पौड्याल र केपी पाठकले गरेको सामुहिक  अपीलमा सवैलाई समेटेर लैजान आग्रह गर्दै उनीहरुले विशेष साधारण सभाबाट विवादलाई छिनो फानो गर्न माग गरेका छन् ।यता चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डि.सी.माथि अविस्वासको प्रस्ताब लाउने समेत चर्चा चल्न थालेको छ ।यस्तै आज एक टि.बि. मा सल्लाहकार पदबाट निस्कासित भएका निर्देशकद्धय नरेश पौड्याल अध्यक्ष दिनेश डि.सी.कमेडी टेलिफिल्म अनि कमेडी फिल्म बनाउदा बनाउदै चलचित्र निर्देशक समाज पनि कमेडी सर्कस नै बनाको आरोप समेत लगाउनु भयो ।चलचित्र निर्देशक समाजमा सधै यस्ता किचलो आउन थाले पछि नया पुस्ताका निर्देशकहरु यो विवाद सम्य नभएमा बरु नया चलचित्र निर्देशक समाज खोल्ने समेत तयारीमा रहेको नमस्ते फिल्मीले जानकारी समेत पाएको छ ।

सामुहिक अप्रिलको पूर्ण विवरण 10255808_10152375264828449_6864521181502521696_n

Namaste Filmy

Read Previous

'आशिकी २' गायक बलात्कारको आरोपमा पक्राउ ।

Read Next

प्रियसी के गल्ति भो भन्दै शाहिल (भिडियो सहित )