विरही कार्कीको आवाजमा मार्मिक गीत ‘आमाको आँशु’को भिडियो सार्वजनिक

गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको छ।यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन छ।

भिडियोमा राजेश हमाल, लक्ष्मी गिरी, सविन बास्तोला, मिश्री बस्नेत थापा, अञ्जली अधिकारी, निरु खड्का, पिएन सापकोटा, समीक्षा विसी, धुव्र पोखरेल, स्तुति गौतम लगायतका अभिनय छ। गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको वर्णन गरिएको छ। गीतको अडियो र भिडियो मार्मिक लाग्छ।

भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। सुदीप बरालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

Namaste Filmy

Read Previous

चलचित्र ‘मिस्टर नेपाली’ नेपाल अघि अमेरिकामा प्रिमियर गर्ने

Read Next

चलचित्र ‘माछा माछा’को प्रदर्शन मिति पोस्टपोन्ड , अब मंसिर २० मा रिलिज हुने