‘धुर्मुस’-‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’ को फर्स्टलुक पोस्टर सार्वजनिक

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को प्रस्तुती चलचित्र ‘सेन्टी भाइरस’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । धुर्मुस सुन्तलीकै मुख्य अभिनय समेत रहेको चलचित्रको फर्स्टलुक पोस्टर आज (सोमबार) सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा प्रदर्शन मिती समेत तय गरिएको छ । जस अनुसार चलचित्र ‘सेन्टी भाइरस’ महाशिवरात्री को अवसर यही फागुन ९ गते प्रदर्शन हुने भएको छ । पोस्टरमा धुर्मुस मात्र फिचर्ड रहेका छन् । उनलाई ढाका टोपीमा ठाटिएको देखाईएको छ ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा धुर्मुस सुन्तलीको अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुसामाजिक कथावस्तुमा बन्ने कमेडी जनराको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ। डिन्डु लामा ह्योल्मो निर्माता रहेको फिल्मको सह–निर्मातामा फूर्पा लामा रहेका छन्।

चलचित्रको एउटा गीत छायांकन गर्न बाँकी रहेको छ । राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता खलमान खानको फिल्ममा काम गर्दै सुनिल थापा

Read Next

स्मिता दाहाल र टंक बुढाथोकीको गीत ‘चिटिक्कै परि बस’को भिडियो सार्वजनिक