स्मिता दाहाल र टंक बुढाथोकीको गीत ‘चिटिक्कै परि बस’को भिडियो सार्वजनिक

गायिका स्मिता दाहाल र गायक टंक बुढाथोकीको स्वरमा रहेको गीत ‘चिटिक्कै परि बस’को म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मिता दाहाल, जसले कलिलै उमेरमा एकल सांगीतिक प्रस्तुती दिइसकेकी छिन् । अहिले पनि उनी अविछिन्न गीत संगीतमा लागेकी छिन् । उनले एकपछि अर्को गीतमा स्वर दिदै आएकी छिन् ।

गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिए छन्। सुनिता नेपाल सुवेदीको शब्द रहेको गित दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाको मिक्सींग रहेको छ ।

म्युजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।नवराज उपे्रतिको छाँयाकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

‘धुर्मुस’-‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’ को फर्स्टलुक पोस्टर सार्वजनिक

Read Next

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने