बहुप्रतिक्षित चलचित्र‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक (भिडियो)

सुपर हिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ ।वर्षकै बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘प्रेमगीत ३’को ५७ सेकेण्ड लामो मोसन टिजर आज (बुधबार) सार्वजनिक भएको हो ।

सार्वजनिक टिजरमा नायक प्रदिप खड्कालाई देखाईएको छ । टिजरमा उनलाई योद्धा अवतारमा देखाईएको क्ग्ग । मोसन टिजरले चलचित्र प्रती दर्शकहरुको उत्साह झनै बढाउने पक्का रहेको छ । टिजरलाई दर्शकहरुले राम्रो प्रतिकृया दिईरहेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्रले २०० वर्ष पुरानो प्रेमकथा बोक्ने बताईएको छ । सेनले नै निर्माण गरेको चलचित्रको छायाँकनमा कार्तिक २२ गतेबाट शुरु हुने बताईएको छ ।

चलचित्रको कथा निर्देशक गुरुङ र मन्दीप गौतमको लेखेका हुन् । यही चैत्र २८ गतेलाई प्रदर्शन मिती लक गरेको चलचित्रमा प्रदीपको अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, नव नायिका क्रिष्टिना गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, लगायतको अभिनय रहनेछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘सरौतो’मा चर्चित र्‍यापर ‘भिटेन’ ले गाए गीत

Read Next

प्रदीप स्टारर ‘प्रेम गीत ३’ को छायांकन शुरु