प्रदीप स्टारर ‘प्रेम गीत ३’ को छायांकन शुरु

प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेम गीत ३’ को छायांकन शुरु भएको छ । निर्माण घोषणा देखी नै चर्चामा रहेको चलचित्रको आज (शुक्रबार) बाट छायांकन सुरु भएको हो ।

चलचित्रको आज दक्षिणकाली मन्दिरमा शुभ मुहुर्त गर्दै गर्दै काठमाडौंबाट छायांकन सुरु गरिएको हो । काठमाडौँको किर्तिपुर क्षेत्रमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटबाट नै छायांकन सुरु गरिएको हो ।

सुपर हिट चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ को छायांकन काठमाडौं र मनाङमा हुने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको ५५ प्रतिशत छायांकन मनाङ र ४५ प्रतिशत काठमाडौंमा गरिने सेनले बताए ।

छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्रले २०० वर्ष पुरानो प्रेमकथा बोक्ने बताईएको छ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्माता सेनले ठुलो लगानी गर्ने बताईएको छ । यो सेनको अहिले सम्मकै महङ्गो चलचित्र हुने बताईएको छ । चलचित्रमा ३ करोड भन्दा माथिको लगानी लाग्ने अनुमान गरिएको छ ।

चलचित्रको कथा निर्देशक गुरुङ र मन्दीप गौतमको लेखेका हुन् । यही चैत्र २८ गतेलाई प्रदर्शन मिती लक गरेको चलचित्रमा प्रदीपको अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, नव नायिका क्रिष्टिना गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, लगायतको अभिनय रहनेछ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Read Previous

बहुप्रतिक्षित चलचित्र‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक (भिडियो)

Read Next

भिटेनको आवाजमा ‘सरौतो’ को प्रमोसनल गीत सार्वजनिक (भिडियो सहित)