भिटेनको आवाजमा ‘सरौतो’ को प्रमोसनल गीत सार्वजनिक (भिडियो सहित)

केही दिन अघी मात्र ‘हामी यस्तै त होनी ब्रो’ गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै पक्राउ परेका चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ को नयाँ गीत सार्वजनिक भएको छ । अहिले युवाहरुको रोजाईमा र्‍यापर ‘भिटेन’ ले चलचित्रमा गाएको गीत सार्वजनिक भएको हो ।

प्रदर्शनको तयारीमा रहेको एक चलचित्र ‘सरौतो’ को ‘सरौतो’ बोलको प्रमोसनल गीत आज (शुक्रबार) सार्वजनिक भएको हो । गीतमा शब्द संगीत पनि उनकै रहेको छ । गीतमा भिटेन आफ्नै देखिएका छन् । यस्तै चलचित्रका कलाकारहरु सन्नी सिंह, सुमी मोक्तान, बिजय लामा लगायतका कलाकारहरु पनि गीतमा फिचर्ड रहेका छन् ।

मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टीजर राम्रो लागेपछि उनले गीत तयार गरेका हुन् । भिटेनको चर्चालाई मध्यानजर गर्दै निर्माण युनिटले उनलाई प्रमोसनल गीतको लागि काम दिएका हुन् । उनको कारण युवा पुस्ता चलचित्र हेर्न हल सम्म जाने विश्वास निर्माण युनिटको रहेको छ ।

चलचित्रमा अभिनेत्री सुमी मोक्तान स्टारर एक्सन अवतार देख्न सकिन्छ । चलचित्रको सार्वजनिक ट्रेलर पनि एक्सनले भरीपूर्ण रहेको छ । प्रमोसनल गीत यही शुक्रबार सार्वजनिक गर्ने तरखरमा निर्माण टिम छ ।

चलचित्र ‘सरौतो’ सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् ।

काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Namaste Filmy

Read Previous

प्रदीप स्टारर ‘प्रेम गीत ३’ को छायांकन शुरु

Read Next

‘घामड शेरे’लाई सेलिब्रेटीको प्रशंशा