बिन्दु र रविनको ‘भनन भन’मा आँचल शर्मा र पुष्प खड्काको रोमान्स गर्दै (भिडियो)

गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको स्वर रहेको नया गीत ‘भनन भन’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीका हुन् भने संगीत र एरेन्ज आशिष अविरलको रहेको छ ।

गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल शर्मा र पुष्प खड्कालाई वैँशालु उमेरका प्रेम जोडीको माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ । डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् । गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए ।

Namaste Filmy

Read Previous

‘घामड शेरे’लाई सेलिब्रेटीको प्रशंशा

Read Next

चलचित्र ‘घामड शेरे’ को ‘सादा सादा’ सार्वजनिक (भिडियो सहित)