चलचित्र ‘घामड शेरे’ को ‘सादा सादा’ सार्वजनिक (भिडियो सहित)

हिजोबाट देशभर एक साथ प्रदर्शन भएको चलचित्र ‘घामड शेरे’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन भएको भोलीपल्ट नै चलचित्रको ‘सादा सादा’ बोलको गीत सार्वजनिक भएको हो ।

आज (शनिबार) सार्वजनिक भएको गीत रोमान्टिक फ्लेवरमा रहेको छ । गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको माया प्रेमलाई देखाईएको छ ।

बुद्दी सागरको शब्द रहेको गीतमा काली प्रसाद बाँस्कोटाको संगीत रहेको छ । गीतमा प्रशान्त सुवेदीको स्वर तथा सुन्नी सुमनको संगीत संयोजन रहेको छ । हेमराज विसीले निर्देशन गरेको चलचित्रमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।चलचित्रमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा हेमराज बिसीको कथा, पटकथा, निर्देशन र लगानी रहेको छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेका छन् ।नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

बिन्दु र रविनको ‘भनन भन’मा आँचल शर्मा र पुष्प खड्काको रोमान्स गर्दै (भिडियो)

Read Next

बुनुको ‘साथ हुँदैमा’ सार्वजनिक (भिडियो सहित)