फ्राइडे रिलिज :चलचित्र ‘मिस्टर नेपाली’प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘मिस्टर नेपाली’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर नेपाली’बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मिस्टर नेपाली’

आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘मिस्टर नेपाली’प्रदर्शनमा आएको छ।चलचित्र ‘मिस्टर नेपाली’लाई देव भुषालले निर्देशन गरेका हुन् ।

लचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन् । साहिल र भूवनको टकराव चलचित्रमा हेर्न पाइनेछ ।चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।चलचित्रले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई प्रस्तुत गरेको छ ।

देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘मिस्टर नेपाली’को गीत ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)

Read Next

‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहाना