फ्राइडे रिलिज : ’ रेड मनसुन','दमदार" र "अकाल"

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात बैशाख २६ गते तिन नेपाली चलचित्र ’ रेड मनसुन’,’दमदार” र “अकाल” प्रदर्शनमा आएको छ । यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्र’ ’ रेड मनसुन’,’दमदार” र “अकाल” को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :
‘दमदार’
10175966_764022906954845_3498356881956254939_n
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘दमदार’प्रदर्शनमा आएको छ ।सुमन बिष्टको निर्माणमा कमल कृष्णले निर्देशन गरेको फिल्ममा रेखा थापा र सबिन श्रेष्ठ नेपाल प्रहरीको भुमिकामा प्रस्तुत भएका छन । रेखा र सबिनको अलवा फिल्ममा अर्चना देलाल, बासु पुडासैनी, कमल कृष्ण लगायतको मुख्य अभिनय रहेको छ । नवराज शर्माको कथा रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द, रोशन श्रेष्ठको नृत्य, सौरभ लामाको छयांकन, श्रीराम महतको सम्पादन तथा कमलकृष्णको संगीत रहेको छ ।

“रेड मनसुन”
red-monsoon
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र”रेड मनसुन”‘प्रदर्शनमा आएको छ ।इलमको ‘रेड मनसून’ मा सृष्टि घिमिरे, सरिता गिरी, हिमाली दिक्षित, सन्दिप क्षेत्री, सुदाम सीकेको मुख्य भूमिका छ । इलम दीक्षित निर्देशित सिनेमाले रातो मत्स्येन्द्रनाथको रथ तान्ने परिवेशमा भएको ललितपुर पाटन वरपरको कथा पेश गर्छ । पुरुषको अत्याचारविरुद्ध महिलाले गर्ने विद्रोह सिनेमाको सार हो ।’कागबेनी’ पश्चात फिल्म निर्देशनमा सक्रिय नदेखिएका भुषण दाहालले ‘रेड मनसून’ नामक फिल्मको ओएसटी भिडियोको निर्देशन गरेका छन् । करुणा शर्माको लेखन रहेको चलचित्र”रेड मनसुन”‘लाई मारिओ पनिअगुआ सम्पादन गरेका हुन् भने छायांकन ब्रियन एमेरी रहेको छ ।

“अकाल”
नीर शाहले निर्माण तथा निर्देशन गरेको चलचित्र “अकाल” पनि फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आएको छ ।हुन् । अलग धारका सिनेमा बनाइरहेका बेला यो फिल्मलाई शाहको मूलधारे डेब्यु मानिएको छ । ८ वर्षअघि निर्माण भैसकेर अलपत्र परेको फिल्म बल्ल रिलिज भएको हो । सिंगल स्क्रिनमा रिलिज हुने फिल्मलाई लाइट थ्रीलर भनिएको छ । बुटवले डान्सर लैलाको सेक्सी डान्सले बलिउडकी मुन्नीलाई च्यालेन्ज दिने आशा शाहले लिएका छन् । रेखा थापा, राजेश हमाल, नवीन श्रेष्ठ र नीर शाहको मुख्य अभिनय छ । संगीत कमलकृष्णले दिएका छन् ।

Namaste Filmy

Read Previous

प्रियसी के गल्ति भो भन्दै शाहिल (भिडियो सहित )

Read Next

कलाकारहरुलाई एक दिने अभिमुखीकरण तालिम संचालन