‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहाना

सुपरहिट चलचित्र ‘ए मेरो हजुर ३’ मा काम गरेका अहिलेका सुपरस्टार अभिनेता अनमोल केसी ‘ए मेरो हजुर ४’ पनि गर्ने भएका छन् । आज (शनिबार) निर्माण कम्पनि सुहाना इन्टरटेनमेन्ट र अभिनेता अनमोलबीच सम्झौता भएको छ ।

अनमोलले आजै सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । आँफैमा एक ब्राण्डको रुपमा रहेको ‘ए मेरो हजुर’ को चौथो सिरिजमा पनि अनमोलले सुहाना थापासँग रोमान्स गर्ने भएका छन् । यस अघी ‘ए मेरो हजुर ३’ मा पनि अनमोलले सुहानासँग नै रोमान्स गरेका थिए । उक्त सिरिजमा यो जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए ।

झरना थापा र निर्माता सुनिलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा बन्ने चलचित्र लभस्टोरी जनराको हुनेछ । चलचित्रको छायांकन माघको तेस्रो साताबाट हुने बताईएको छ । यसको छायांकन नेपालसंगै ओमान र नेदरल्याण्डमा हुनेछ निर्माण युनिटले बताएको छ । चलचित्र अर्को बर्षको दशैंमा प्रदर्शन हुनेछ । अनमोलले एन्टी हिरो र धुपौरेमा काम गर्ने घोषणा भईसकेको बेला उनले ‘ए मेरो हजुर ४’ साइन गरेका हुन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :चलचित्र ‘मिस्टर नेपाली’प्रदर्शनमा

Read Next

आयुस्मान खुरानाको फिल्म ‘बाला’ले कमायो सय करोड