प्रताप दासको गीत ‘हिमाल हौ तिमि’ मा अन्जली र राजको रोमान्स (भिडियो)

गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत ‘हिमाल हौ तिमि’ को म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ ।

आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ ।

राज खड्का यस गीतको म्युजिक भिडियो निर्देशन पनि हुन् । अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

Namaste Filmy

Read Previous

ऋषिराज आचार्यको निर्देशनमा बन्ने फिल्म ‘चुरीफुरी’को कलाकार छनोट शुरु

Read Next

पूजा शर्मा र पल शाह ‘म यस्तो गीत गाउँछु २’मा रोमान्टिक