पूजा शर्मा र पल शाह ‘म यस्तो गीत गाउँछु २’मा रोमान्टिक

यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएको छ । करिब ७ दिन लगाएर यसको टिमले चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह रोमान्टिक देखिएका छन् ।

यो गीतका लागि मात्र करिब ५ सय कोरसलाई समावेश गरिएको निर्देशक थापाले जानकारी दिए । नेपाली चलचित्रको गीतमा यती धेरै संख्यामा कोरस प्रयोग गरिएको संभवत पहिलो पटक हो ।

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् ।

Namaste Filmy

Read Previous

प्रताप दासको गीत ‘हिमाल हौ तिमि’ मा अन्जली र राजको रोमान्स (भिडियो)

Read Next

नायक राहुल केसीको नेतृत्वमा इनास अमेरिका भर्जिनिया राज्य समिति गठन