नायक राहुल केसीको नेतृत्वमा इनास अमेरिका भर्जिनिया राज्य समिति गठन

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाको भर्जिनिया राज्य समितिको गठन भएको छ । राहुल केसीको नेतृत्वमा १७ सदस्यीय समिति बनेको छ ।कला र कलाकारको सारथी इनास अमेरिकाको ” जिउँदो श्रष्ठालाई सम्मान गरौं, अहिले नगरे कहिले गर्ने हामी नेपालीले नगरे कसले गर्ने ” मुख्य नारा सहित गत नोभेम्बर १६ शनिवार हरण्डन शहर भर्जिनियामा बसेको बैठकले समिति चयन गरेको हो ।

उक्त भेलामा इनास उत्तर अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा तथा इनास अमेरिकाका केन्द्रीय अध्यक्ष कृष्ण श्रेष्ठ, केन्द्रीय महासचिव रमेश मैनाली, केन्द्रीय कोषाध्यक्ष राजन अधिकारी तथा अमिता लामाको विशेष उपस्थितिमा बसेको बैठकले भर्जिनिया राज्य समिति गठन गरी कला र कलाकारितामा संलग्न विभिन्न ब्यक्तिहरुलाईनियुक्त गरी सन् २०२१/२०२२ सम्मको लागि कार्यभारको जिम्मेवारी दिएको छ ।

उक्त कार्यक्रममा वरिष्ठ कलाकारहरुमा रुपा राना, वरिष्ठ नेपाली चलचित्र निर्देशक बन्नी प्रधान, बरिष्ठ लोकगायक पवन ओली त्यस्तै वरिष्ठ हास्यकलाकार: खुरापाती हाकिम (मोहन आचार्य), चलचित्र निर्देशक महेन्द्र बुढाथोकीका साथै कलाकारहरु राहुल केसी, सुनिक्ष्या मैनाली, अनिल तिमल्सिना, राजन अधिकारी, अर्जुन घिमिरे, दिपा खरेल, मनोज खरेल तथा सरिता प्रधानको उपस्थिति रहेको थियो।

भर्जिनिया राज्य समितिमा रहेका पदाधिकारीहरु क्रमस अध्यक्षमा राहुल केसी ,वरिष्ठ उपाध्यक्षमा रुपा राना,उपाध्यक्षमा अर्जुन घिमिरे,उपाध्यक्षमा सुनिक्ष्या मैनाली,महासचिवमा पुस्कर पन्त,सचिवमा पवन ओली ,कोषाध्यक्षमा रंजय उपाध्याय तथा सह-कोषाध्यक्षमा दिपा खरेल निर्वाचित भएका छन् ।यसै गरि सदस्यहरुमा अनिल तिमल्सिना,मोहन खरेल,यादब प्रसाई,रोबिन दास,रमेश पाठक,आयुष के. सी.,सरिता प्रधान,दीपक नेपाली तथा सरला कार्की निर्वाचित भएका छन् ।

इनास भर्जिनिया राज्य समितिको बरिष्ठ सल्लाहकारमा वरिष्ठ नेपाली चलचित्र निर्देशक बन्नी प्रधानलाई चयन गरिएको छ । त्यस्तै अन्य सल्लाहकारहरुमा वरिष्ठ हास्यकलाकार खुरापाती हाकिम उर्फ मनोज आचार्य तथा वरिष्ठ हाँस्य कालाकार खेम शर्मा तथा चलचित्र निर्देशक महेन्द्र बुढाथोकी र चलचित्र निर्देशक दिनेश कार्कीलाई नियुक्ति गरिएको छ ।

साथै भर्जिनियामा रहने कुनै पनि नेपाली भाषी कलाकारहरुलाई भबिष्यमा समेटिदै जाने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष राहुल के. सी. ले गर्नु भएको जानकारी ईनास भर्जिनियाका महासचिव पुस्कर पन्तले नमस्ते फिल्मीलाई जानकारी गराउनुभएको छ ।

Namaste Filmy

Read Previous

पूजा शर्मा र पल शाह ‘म यस्तो गीत गाउँछु २’मा रोमान्टिक

Read Next

‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम गीत सार्वजनिक(भिडियो)