अक्षय कुमार र करीनाको चलचित्र ‘गुड न्युज’को ट्रेलर रिलिज (भिडियो)

अक्षय कुमार र करीना कपूर अभिनित चलचित्र ‘गुड न्युज’को ट्रेलर रिलिज भएको छ । चलचित्रको ट्रेलरलाई कमेडी शैलीमा तयार पारिएको छ ।चलचित्रमा दिलजित दोसान्झ र कियारा आडवाणीको पनि मुख्य भूमिका रहेको छ ।

सन्तानको अपेक्षामा रहेका २ जोडीको कथामा यो चलचित्र बनेको ‘गुड न्युज’लाई राज मेहत्ताले निर्देशन गरेका हुन् ।चलचित्रलाई धर्मा प्रोडक्शनले निर्माण गरेको हो । चलचित्रमा ज्योती कपुरको कथा तथा पटकथा छ ।

चलचित्र डिसेम्बर २७ तारिखबाट रिलिज हुँदैछ । ‘गुड न्युज’ लाई फरक कथामा तयार भएको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

Namaste Filmy

Read Previous

‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम गीत सार्वजनिक(भिडियो)

Read Next

चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति र अफिसियल पोष्टर सार्वजनिक