कलाकारहरुलाई एक दिने अभिमुखीकरण तालिम संचालन

नेपाल चलचित्र विकास बोर्डको आयोजनामा नेपाली चलचित्रमा लैङ्गिक अवधारणा र सशक्तिकरणको पक्ष विषय एक दिने काठमाण्डौंमा अभिमुखी तालिम कार्यक्रम संचालन  भएको  छ ।
10341631_719534454766197_5159989334790504101_n
टेलिभिजनकी सञ्चारकर्मी आरति चटौंत समेतले प्रशिक्षण दिने अभिमुखीकरण कार्यक्रममा नेपाली चलचित्रमा संलग्न महिलाहरुले महिला भएकै कारणले झेल्दै आइरहेको समस्या र त्यससो प्रतिरोधका आयामहरुका साथै चलचित्र क्षेत्रमा संलग्न महिलाहरु कसरी सशक्त रुपमा आफुलाई परिचित गराउन सकिन्छ भन्ने विषयवस्तुमा रायसंकलनका साथै पृष्ठपोषण प्रधान गरिने सहआयोजक संस्था नेपाल कलाकार संघका एक सदस्यले बताउनु भएको छ ।
1625696_719534624766180_8314666706345524142_n
नेपाली चलचित्र क्षेत्रमा एउटा चर्चित नायकले ५ लाख रुपैयाँ पारिश्रमीक लिइरहँदा नायककै समकक्षि नायिकाहरुको भने बढीमा १ लाख जोडबलले माग राख्नु परिरहेको लज्जास्पद अवस्थामा यस अभिमुखी कार्यक्रमले धेरै नै सहयोग पु¥याउने सहभागी एक कलाकारले बताउनु भएको छ । नेपाली चलचित्र क्षेत्रमा महिलाहरुलाई वस्तुको रुपमा मात्रै प्रचारप्रसारमा ल्याउने निर्माताले पैसा कमाउने परिपाटी हावी भइरहेको समयमा अवस्य पनि एक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रका महिला कलाकारहरुलाई निश्चिय पनि नयाँ विषय वस्तुहरुको जानकारी, सामुहिक रुपमा समस्या ब्यक्त गर्न सक्ने र अरिआएको अवस्थामा अपमान तथा दुस्कार्यहरुको खुलेर प्रतिकार गर्न सहयोग पु¥याउने कुरामा भने पंक्तिकार समेत विश्वस्त रहेको छु । कार्यक्रममा महिला चलचित्रकर्मीहरुको सन्तोष जनक उपस्थिती रहने आयोजक तथ सहआयोजक संस्थाले आशा लिएका छन ।
10177215_719534701432839_2040756845782509784_n

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ’ रेड मनसुन','दमदार" र "अकाल"

Read Next

राजेन्द्र खड्गी सुपुत्री नायिका रोमी अस्वथ