अजय ,काजोल र सैफअली अभिनित चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता अजय देवगन अभिनित चलचित्र ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ ।यो अजय देवगनको १०० औं चलचित्र हो । बलिउड सुपरस्टार अजय देवगनले आफ्नो तीस वर्षे फिल्मी करिअर पार गरिसकेका छन् । सन् १९९१ मा फिल्म “फूल और कांटे” बाट अभिनय यात्रा सुरु गरेका उनले तीस वर्ष लामो करिअरमा एकसेएक उम्दा फिल्म दिएका छन् । पछिल्लो रिलिज फिल्म ‘दे दे प्यार दे’ उनको ९९ औं फिल्म रहेको छ ।

ओम राउतले निर्देशन गरेको यस चलचित्रमा अजयसँगै काजोल र सैफ अली खानको पनि अभिनय रहेको छ । सैफ उदय भानको भुमिकामा देखिदैछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिदैछिन् ।यो फिल्म एक बायोग्रापिकल पीरियड ड्रामा हो । चलचित्र ‘तानाजीः द अनसंग वारियर’ जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शन हुँदैछ ।

Namaste Filmy

Read Previous

भारतीय कलाकारहरु जसको नेपालसँग यस्तो साइनो रहेको छ

Read Next

चलचित्र ‘लभ यु हमेशा’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)