चलचित्र ‘लभ यु हमेशा’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘लभ यु हमेशा’को नया गीत सार्वजनिक गरिएको छ । ‘यो हावा किन चल्छ ‘बोलको सार्वजनिक रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन् । गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुन्द्री तटमा खिचिएको हो ।रामजी लामीछानेले कोरियोग्राफी गरेको गीत प्रेमाभावले प्रेरित छ ।

मंसिर १३ गते प्रदर्शन हुने चलचित्र ‘लभ यु हमेशा’ लाई भाष्कर प्रधानको लेखन र निर्देशन गरेका हुन् ।चलचित्रमा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ,सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने बिश्वास निर्माता यवनले ब्यक्त गरे । प्रेसमिट कार्यक्रममा अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए । कार्यक्रममा उनले सुटिङका क्रममा बिबिध रमाइला पलहरु सुनाएका थिए । अभिनेता ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्म निकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुशी लागेको बताइन् ।

यवन गुरुङले निर्माण गरेको चलचित्र ‘लभ यु हमेशा’लाई शिब ढकालले खिचेको हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ । मिलन गुरुङ सहनिर्माता रहेको फिल्म मंसिर १३ मा देशभरका हलका साथै भारतका केही थप हलमा प्रदर्शन हुने जानकारी निर्माता यवनले दिएका छन् ।

Namaste Filmy

Read Previous

अजय ,काजोल र सैफअली अभिनित चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

दाङलाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने :प्रदीप उदय