बलिउड अभिनेता अर्जुन रामपालको सम्बन्ध विच्छेद

बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाले सम्बन्ध विच्छेद गरेका छन्। बिहे भएको २१ बर्षपछि अर्जुन र मेहरको वैवाहिक सम्बन्ध विच्छेदका लागि मुम्बई फ्यामिली कोर्टले अनुमति दिएको हो।

अर्जुन र मेहरले गत वर्ष नै आफूहरूले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए। न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् ।

यो जोडीको विहे सन् १९९८ भएको थियो।आफूहरूको सम्बन्ध अब अगाडि नबढाउने भन्दै गत वर्ष उनीहरूले संयुक्त भनाइ राखेका थिए।‘माया र प्यारा यादहरूले भरिएको २० वर्षको सुन्दर यात्रा पार गरिसकेपछि अब हाम्रो बाटो अलग भएको छ। हामीलाई लाग्छ, हाम्रो फरक फरक गन्तव्यतिर मोडिने समय आएको छ। आगामी दिनमा पनि आफ्ना लागि र आफन्तका लागि बलियो भएर उभिने छौं,’ उनीहरूले भनेका थिए।

अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् । उनीहरुले अहिलेसम्म बिहे गरेका छैनन् । तर, उनीहरुले सन्तानलाई जन्म दिएका छन् ।

Namaste Filmy

Read Previous

दाङलाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने :प्रदीप उदय

Read Next

फ्राइडे रिलिज :चलचित्र ‘च च हुईं’ प्रदर्शनमा