चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक गरिएको छ । मंसीर २० गते रिलिज हुने चलचित्रको सुक्रबार राजधानीमा एक कार्यक्रमको बीच सार्वजनिक गरिएको ट्रेलर गरिएको हो ।

प्रेमकथामा आधारित चलचित्र चलचित्र ‘माया पिरिम’लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।चलचित्र कोशिस क्षेत्री र किरण चन्दले मुख्य भूमिका निर्वाह गरेका छन् । कोशिस र किरणसँगै अनुपमा भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमण राईलगायतका कलाकारको अभिनय छ । एक गीतमा अभिनेता सलोन बस्नेत र मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गरेका छन् ।

सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको यस चलचित्रलाई प्रविण थापा र सबिन अधिकारी निर्माण गरेका हुन् । मोहन मरासिनी र युवराज दाहाल यस चलचित्रको सह-निर्माताको रुपमा छन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :चलचित्र ‘च च हुईं’ प्रदर्शनमा

Read Next

मेलिना राई र विक्रमजंग शाहको ‘टिलपिल टिलपिल तारा’मा सुपुष्पा भट्ट (भिडियो)