चलचित्र ‘सरौतो’को गीतमा सुमी मोक्तान र सन्नी सिंह रोमान्टिक (भिडियो)

मङ्सिर १३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’को नयाँ गीत सार्वजनिक भएको छ ।‘यो जुनी’ बोलको रोमान्टिक गीतमा सुमी मोक्तान र सन्नी सिंहलाई फिचरिंग गरिएको छ ।कमल खत्रीको शब्द, संगीत र स्वर रहेको गीतमा श्रेया सोताङले गायकीमा साथ दिएकी छन् । गीतमा निर्देशक हुमागाईंको कोरियोग्राफी छ ।

हरी हुमागाईंले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । गीतलाइ उनले फिल्मकै कथाअनुसार तयार गरेका छन् ।विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्की लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

चलचित्र बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , शंकर महर्जनको एक्सन रहेको छ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको निर्मात्री लक्ष्मीकुमारी तामाङ हुन् । श्री महर्जनले चलचित्र निर्माणमा सहकार्य गरेका छन् ।यस ‘सरौतो’लाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

Namaste Filmy

Read Previous

मेलिना राई र विक्रमजंग शाहको ‘टिलपिल टिलपिल तारा’मा सुपुष्पा भट्ट (भिडियो)

Read Next

मुकुन , केकी र आँचलको चलचित्र ‘झिंगे दाउ’ को छायांकन सुरु