मुकुन , केकी र आँचलको चलचित्र ‘झिंगे दाउ’ को छायांकन सुरु

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्र ‘झिंगे दाउ’ को छायांकन सुरु भएको छ ।साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिंगे दाउ’ बिहिबार खोटाङको हलेसीबाट छायांकन सुरु भएको हो ।

चलचित्र ‘झिंगे दाउ’मा मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट मुख्य भूमिकामा देखिँदै छन् । मुकुन र केकी, आँचल र कुशल फिल्ममा जोडीको रुपमा देखिने बताइएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’बाट सबैको तारिफ पाएका मुकुनका लागि यो फिल्म महत्त्वपूर्ण हुनेछ ।

चलचित्रमा विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने छ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘सरौतो’को गीतमा सुमी मोक्तान र सन्नी सिंह रोमान्टिक (भिडियो)

Read Next

माघ २४ मा आउने भयो विराज भट्टको ‘साङ्लो’