प्रकाश सपुतले वर्षा राउतलाई ‘हुन्छ भनन’ भन्दै (भिडियो)

गायिका पूजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच संगीतकार तथा संगीतकार संघ नेपालका प्रथम(पूर्व) अध्यक्ष लक्ष्मण शेष लगायतले एल्बम सार्वजनिक गरे ।डस म्यूजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र ‘नामसेवाइ’ बोलका गीत छन् ।

गीतमा दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द छ भने दीपक शर्मा, शंकर थापा स्माइल, अनिष श्रेष्ठ, शिव साम्पाङ र पुष्कर सुनुवारको संगीत छ । एल्बमको ‘हुन्छ भनन’ मा गायक डेभिड शंकर र ‘यो मौसम’मा गायक राजेशपायल राईको स्वर पनि सुन्न सकिन्छ ।

कार्यक्रममा ‘हुन्छ भनन’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय हेर्न पाइन्छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ ।

Namaste Filmy

Read Previous

माघ २४ मा आउने भयो विराज भट्टको ‘साङ्लो’

Read Next

क्रिश ४ मा ऋतिक रोशनसग फेरी रोमान्स गर्दै मृणाल ठाकुर