राजेन्द्र खड्गी सुपुत्री नायिका रोमी अस्वथ

राजेन्द्र कार्की
लोकप्रिय चलचित्रकर्मी तथा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको छोरी रोमी खड्गी अस्वथ हुनु भएकी छिन । आफ्नो पारिवारीक ब्यानरमा निर्माण भएको चलचित्र “नोथिङ्ग इम्पोसीवल”बाट डेब्यू गरेकी रोमी अध्ययन पछि पुनः अभिनयमा फर्किने तयारी गरिरहेकी थिइन ।
10356474_481537288642981_1438748181_n
“अलि असजिलो भए पछि अलका हस्पिटलमा देखाएको स्टोनको शंका गरिएको छ, एक पल्ट फेरी चेक अप गर्रौ पत्ता लागिहाल्छ भन्नेमा छु ।” अस्वथताको बारे जानकारी दिनु हुँदै नायिका रोमीले भन्नु भयो । “अप्रेसन नै गर्नु प¥यो भने त केहि दिन त बेड रेष्ट गर्नु पर्ला, झन जुस–सुस खान पाईन्छ झन सिल्लिम पो होइन्छ” । चलचित्रको अभिनयलाई केहि समयकोलागि थाँती राखेर अध्ययनलाई निरन्तरता दिइरहेकी रोमी थेसिस्को तयारी गरिरहेकी थिइन ।
10322958_481537131976330_1078834561_n
परिवारको मुलीनै चलचित्र क्षेत्रमा भएका कारण अभिनयको क्षेत्रमा दिदी रागीनी खडगीको पछिल्लो चलचित्र ब्रम्ह हालै प्रर्दशनमा आएको थियो ।बहिनी रामीको मुख्य भूमिका रहेको चलचित्र“नोथिङ्ग इम्पोसीवल” नायिका रागीनीले भने एउटा आइटम डान्समा प्रस्तुत भएकी छिन । स्मरण रहोस् केहि दिन पहिले नायिका नम्रता श्रेष्ठ पनी मृगौलामा पत्थरीका कारण पछिल्लो चलचित्र नोभेम्भर रेनको प्रोमोशनमा साथ दिन पाएकी थिइनन् ।

Namaste Filmy

Read Previous

कलाकारहरुलाई एक दिने अभिमुखीकरण तालिम संचालन

Read Next

हट केक नायिका सुरबिनाको हट च्याट्