पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’मा ‘द भ्वाइस अफ नेपाल’को सनिश श्रेष्ठले स्वर दिने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को लागि ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले स्वर दिने भएका छन् ।सोमबार ‘द भ्वाइस’को सेटमा सिनेमाको छायांकन गरियो । त्यसै क्रममा निर्माण पक्षले सनिशसँग सम्झौता गरेको हो । अर्जुन पोखरेलको संगीतमा तयार एक गीतका लागि सनिशले स्वर भर्नेछन् ।

अर्जुनले भने–‘हामी यस्ता रियालिटी शोमा पनि फरक खालको आवाज खोजिरहेका हुन्छौ । सनिशको आवाज फरक छ । हामीले सिनेमाका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट छ । यसैले, उनको स्वर राख्ने निर्णय गरेका हौ ।’

सुदर्शन थापाको निर्देशनमा सिनेमाको अन्तिम छायांकन भैरहेको छ । सांगीतिक प्रेमकथामा आधारित रहने सिनेमामा पूजा शर्मा र पल शाहको मुख्य भूमिका छ ।शिवम अधिकारीले लेखेको सिनेमामा दिनेश डीसी, हरिहर शर्मा ,गणेश गिरि लगायतका कलाकारको पनि अभिनय छ । सिनेमा फागुन २३ मा रिलिज हुनेछ ।

यो सिनेमालाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको सिनेमामा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा छन् ।

Namaste Filmy

Read Previous

‘प्रेमगीत ३’ सँग भिड्न तयार ‘चपली हाइट–३’

Read Next

विराज भट्ट र निकिताको चलचित्र ‘साङ्लो’को ‘चरीले काफल टिप्यो ‘ गीत सार्वजनिक (भिडियो)