विराज भट्ट र निकिताको चलचित्र ‘साङ्लो’को ‘चरीले काफल टिप्यो ‘ गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘साङ्लो’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘चरीले काफल टिप्यो ‘ बोलको सार्वजनिक गीतमा एक्सन किङ विराज भट्ट र निकिता चाण्डकलाई फिचरिंग गरिएको छ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।गीतमा राजनराजलाई स्वरमा मिलन नेवारले साथ दिएकी छिन् ।लोकलयमा रहेको यस गीतलाई कविराज गहतराजले कोरियोग्राफी भरेको गीतको सेट आकर्षक छ ।

चलचित्र ‘साङ्लो’ विराज भट्टले निर्माण तथा निर्देशन गरेका हुन् ।चलचित्रमा विराज भट्ट र निकिता चाण्डकसगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

माघ २४ गते बाट प्रदर्शनमा आउने यस चलचित्रलाई विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।

Namaste Filmy

Read Previous

पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’मा ‘द भ्वाइस अफ नेपाल’को सनिश श्रेष्ठले स्वर दिने

Read Next

बन्टी और बबलीको सिक्वेलमा सैफ अली खान र रानी मुखर्जी