फ्राइडे रिलिज :चलचित्र ‘सरौतो’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘सरौतो’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘सरौतो’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘सरौतो’
आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘सरौतो’ प्रदर्शनमा आएको छ।चलचित्र ‘सरौतो’ लाई हरी हुमागाईंले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुमी मोक्तान , सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्की लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

चलचित्र बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , शंकर महर्जनको एक्सन रहेको छ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको निर्मात्री लक्ष्मीकुमारी तामाङ हुन् । श्री महर्जनले चलचित्र निर्माणमा सहकार्य गरेका छन् ।यस ‘सरौतो’लाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

Namaste Filmy

Read Previous

आस्था राउतको ‘नाकैमा फुली’को भिडियो सार्वजनिक

Read Next

पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘सम्झना बिर्सना’मा छुल्ठिम गुरुङको इन्ट्री