पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘सम्झना बिर्सना’मा छुल्ठिम गुरुङको इन्ट्री

पूजा शर्मा र आकाश श्रेष्ठ चलचित्र ‘सम्झना बिर्सना’ छायांकनको लागि भारतको सिलिगुडी पुगेको छ । प्रेमकथानक सिनेमालाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् । ‘रामकहानी’बाट सहकार्य सुरु गरेको यो जोडीको ‘पोइ पर्यो काले’ प्रदर्शन भैसकेको छ ।यस्तै ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।

यतिबेला यो जोडी सिनेमा छायांकन सुरु भएपछि सिनेमामा अभिनेत्री छुल्ठिम गुरुङको इन्ट्री भएको छ । निर्माण पक्षले छुल्ठिमको उपस्थितिबारे जानकारी गराएको छ । सिनेमामा छुल्ठिमको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको सिनेमामा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको सिनेमालाई शिव ढकालले खिचिरहेका छन् । वेस्ट बेंगलका रमणीय स्थानमा सिनेमाको छायांकन गरिने निर्माण पक्षले बताएको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :चलचित्र ‘सरौतो’ प्रदर्शनमा

Read Next

चलचित्र ‘प्रेम गीत ३’ को पहिलो सेडूलको छायांकन सकियो, शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक