चलचित्र ‘प्रेम गीत ३’ को पहिलो सेडूलको छायांकन सकियो, शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक

सुपर हिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ अहिले छायांकनकै क्रममा रहेको छ । चलचित्र बिगत ४ महिना देखी निर्माण गरिएको भव्य सेटको छायांकन सकिएको छ भने अब अन्य स्थानमा छायांकन शुरु हुनेछ । यसै क्रममा चलचित्रका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ।

चलचित्र ‘प्रेम गीत–३’मा अभिनेता प्रदीप खड्का (प्रेम) र मनिष राउतको बुबाको भूमिका निभाइरहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर आज (शुक्रबार) सार्वजनिक भएको हो ।विगत चार महिनादेखि निर्माण गरिएको भव्य सेटमा फिल्मको आधा भाग छायांकन सम्पन्न भएसँगै अभिनेता श्रेठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको पोष्टरमा अभिनेता श्रेष्ठलाई लामा कपाल र जुंगासहित देखाईएको छ । काठमाडौंको भव्य सेटपछी छायांकनको लागि युनिट अब मनाङ जाने निर्माता तथा निर्देशक सन्तोष श्रेष्ठले जानकारी दिएका छन् । यस अघी चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो । ५७ सेकेण्ड लामो मोसन टिजरमा प्रदीपको योद्धा अवतार देखाईएको छ । टिजरलाई दर्शकहरुले राम्रो प्रतिकृया दिईरहेका छन् ।

सुपर हिट चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ को छायांकन काठमाडौं र मनाङमा हुने सेनले जानकारी दिए । चलचित्रको ५५ प्रतिशत छायांकन मनाङ र ४५ प्रतिशत काठमाडौंमा गरिने सेनले बताए ।

छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्रले २०० वर्ष पुरानो प्रेमकथा बोक्ने बताईएको छ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्माता सेनले ठुलो लगानी गर्ने बताईएको छ । यो सेनको अहिले सम्मकै महङ्गो चलचित्र हुने बताईएको छ । चलचित्रमा ३ करोड भन्दा माथिको लगानी लाग्ने अनुमान गरिएको छ ।

चलचित्रको कथा निर्देशक गुरुङ र मन्दीप गौतमको लेखेका हुन् । यही चैत्र २८ गतेलाई प्रदर्शन मिती लक गरेको चलचित्रमा प्रदीपको अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, नव नायिका क्रिष्टिना गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, लगायतको अभिनय रहनेछ ।कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Namaste Filmy

Read Previous

पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘सम्झना बिर्सना’मा छुल्ठिम गुरुङको इन्ट्री

Read Next

‘झिंगेदाउ’मा आँचल शर्मा विवाहित गेटअपमा