सलमान खानको चलचित्र ‘दबंग ३’को ‘मुन्ना बदनाम हुआ ‘ गीत सार्वजनिक (भिडियो)

बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘दबंग ३’नया गीत सार्वजनिक भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यधिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना हुसैनको बोल्ड अन्दाज पनि देखिएको छ । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् । गीतमा कमाल खान, ममता शर्मा र बादशाहले आफ्नो आवाज दिएका छन् ।

प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भुमिका रहेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रर्दशन हुँदैछ ।

Namaste Filmy

Read Previous

मंसिर २७ मा आउने भयो ‘सूर्य किरण’ , पोष्टर सार्वजनिक

Read Next

‘पर्खि बसे फर्की आउछु’ को शुभमुहर्त