हट केक नायिका सुरबिनाको हट च्याट्

राजेन्द्र कार्की
निर्देशक दयाराम दाहालका भाई कमल दाहालले निर्देशन गरेको चलचित्र झेलीबाट रजतपटमा डेब्यू गरेकी हुन नायिका सुरबिना कार्कीले । अहिले उनी नेपाली चलचित्र क्षेत्रमा “हट केक” नायिकाको नामबाट समेत परिचित बन्न पुगेकी छिन । ठूला पर्दामा प्रवेश गर्नु पुर्व उहाँले २५ भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिइन । हँसिली फरासिली सुरबिना ग्ल्यामर्समा दुनियाँमा आफु उदार रहेको बताउँछिन ।
10318753_481704068626303_138275406_n
“ग्ल्यामर्स बिनाको चलचित्रको कुनै अर्थ नै हुन्दैन, समाजले पचाउन सक्ने, हाम्रो संस्कृतिलाई आघात नपर्ने किसिमको ग्ल्यामर्स दिन कहिल्यै नहिच्चकिचाउने पनि बताउनु भएको छ । चलचित्रमा ग्ल्यामर्स आवश्यक भए पनि केहि नायिकाहरुको भलगर प्रस्तुतीले ग्ल्यामर्स शब्दकै अपमान भएको पनि बताउनु भएको छ । घर परिवारकै माया काफी रहेको र आफु भरखर विस बसन्तमा प्रवेश गर्दै गरेको कारण कसैको प्रेममा फस्ने समय नरहेको प्रष्ट पार्नु भयो । विवाह अघिको सेक्स दुर्घटना भएको कारण किशोरीहरुमा देखा पर्ने यौन समस्याहरुको ज्ञान प्राप्त गर्न र विवाह अघिको यौन सम्पर्कबाट हुने दुषपरिणामको बारेमा सचेत रहन भने यौन शिक्षा आवश्यक रहेको बताउनु हुन्छ । चलचित्रमा अभिनय गर्ने क्षमता र खुबी दुबै प्रति आत्म विश्वास रहेकोले भविष्यमा समेत यसै क्षेत्रलाई निरन्तरता दिने चाहना उहाँमा रहेको छ ।
10342567_481759185287458_1207771158_n
पहिलो चलचित्रबाट निकैनै चर्चा बटुल्न सक्नु भएकी नायिका अहिले चलचित्र “कात्र्तिक” र “नाइके”को अभिनयमा ब्यस्त रहनु भइरहेको छ । चलचित्र झेलीमा उहाँले बोल्नु भएका संवाद “सेक्सी बुढा, पानी त सित्तैमा आउँदैन, कार्यक्रम ।” साह्रै नै चर्चामा रहेको थियो । आफुलाई मन पराउने र प्रेमको प्रस्ताव राख्नेहरु धेरै भएता पनि अहिले सम्म कसैलाई ओके भने नभन्नु भएको पनि कुराकानीको क्रममा बताउनु भयो । यौनको बारेमा साथीभाइहरु सँग खुलेर कुराकानी गरेता पनि सेक्स स्याण्डलमा फस्नु चलचित्रकर्मीहरुको लागि पट्टकै राम्रो काम भने होइन । आगामी चलचित्रहरुबाट दर्शहरुलाई भरपुर मनोरञ्जन दिने बाचा गर्नु हुँदै आफुद्धारा अभिति चलचित्रहरु हेरिदिनुृ हुन समेत दर्शकहरुमा अनुरोध गर्नु भएको छ नायिका सुरबिना कार्कीले ।

Namaste Filmy

Read Previous

राजेन्द्र खड्गी सुपुत्री नायिका रोमी अस्वथ

Read Next

वास्तवमा मैले त्यो फोटो प्रकाशित आवेगमा आएर गरेकी थिए : शुभेच्छा थापा