विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक (भिडियो)

विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ।सार्वजनिक टिजरमा अभिनेता विपिनलाई मात्र देखाईएको छ। प्रायः फिल्ममा भिन्न–भिन्न पात्रमा प्रस्तुत भएका विपिन यस फिल्ममा पनि विल्कुलै भिन्न र नयाँ रुपमा देखिएका छन्।

विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा विपिनले लक्ष्मी वर्देवासंग जोडी बाँधेका छन्। साथमा अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ। फिल्ममा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन्।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्। फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ।चलचित्र माघ २४ गते बाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

स्व. श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’ विमोचन

Read Next

चलचित्र ‘दि कर्मा’को टिजरमा करणको एक्सन र परमिता बोल्ड (भिडियो)